गोलबजार, २१ जेठ। छुवाछूत उन्मूलन दिवसको अवसर पारेर सिरहाको गोलबजारमा सामाजिक रुपान्तरणका लागि विद्यार्थीहरुको भुमिका प्रवद्र्धन गर्न वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जनता मा.वि. (प्राविधिक धार) गोलबजारका छात्रा निरुता सिंह प्रथम भएकी छिन्। 

सरस्वती मा.वि (प्राविधिक धार) तेतरीया जमदहकी छलिमाया मगर दोस्रो,  मा.वि. कुर्वा हनुमाननगरकी मन्दिपा कुमारी राय तेस्रो र जनता मा.वि. (प्राविधिक धार) धनगढीमाई ५ तीनकोनीकी काजल यादवले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः क्रमशः सात, पाँच, तीन र दुई हजार रुपैयाँ नगदसहित स्टेशनरीको प्याकेज प्रदान गरिएको थियो। 

प्रतियोगितामा धनगढीमाई नगरापलिका, गोलबजार नगरपालिका र अर्नमा गाउँ पालिकाका १२ वटा विद्यालयका १२ जना छात्राहरुको सहभागीता रहेको थियो। 

नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तिकरण परियोजना अन्तर्गत कुर्वे उष्ट्रोको प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन)को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। 

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा श्रेष्ठले जातिय विभेद अन्त्यको लागि वृहत सहकार्यमा अझै काम गर्नु पर्नेमा जोड दिए। उनले विद्यार्थीहरुले यस विषयमा बुझेर समाजलाई अग्रगति दिनु पर्ने बताए। 

केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामाले २० वर्ष अघि हाम्रो देश छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि अझै देशमा छुवाछुतको समस्या रहेको बताए। उनले अवको भविष्य विद्यार्थीहरु भएकाले जातिय विभेदको बारेमा उहाँहरुले बुझ्नु पर्ने बताए। उनले भने, ‘अवको भविष्य भनेकै विद्यार्थीहरु हुन्। उहाँहरुले नै यो विषया जानकारी राख्नु पर्छ र छुवाछुत अन्त्यको आन्दोलन उठाउनु पर्छ।’ 

प्रतियोगितामा गोलबाजर नगरपालिकाका उपमेयर मानती साह, विभिन्न विद्यालयको शिक्षक, स्थानिय दलित अगुवाहरुको उपस्थिति रहेको थियो। 

mount 2082 1