सिराहा, २० जेठ। सिरहा प्रहरीले १४ ग्रामभन्दा बढी अवैध लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सिरहा नगरपालिका १४ बाट १४ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरसहित सिन्धुलीको फिकल गाउँपालिका ६ का २८ वर्षीय खेम बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी चौकी खिरौनाबाट खटिएको टोलिले माडरबाट सिराहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलसहित चालक फरार भएको छ। मोटरसाइकलको पछाडी सवार कार्कीलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने गर्नेममा उनको साथबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ। प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाउको छ।

705521264_1588534663277540_4869241638790147670_n