बर्दिवास, २० जेठ। महोत्तरीमा डाँकासमूहको गोली प्रहारबाट दुईजना घाइते भएका छन्। महोत्तरीको सोनमा गाउँपालिका ३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा आएका डाकासमूहको गोली प्रहारबाट उनका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको हो।
डाका समूहको गोलीलागेर घाइते भएका दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।
घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो। घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























