सिरहा, १८ जेठ। हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनः निर्माणका लागि बजेट माग्दै सिरहाका स्थानीय प्रदर्शनमा उत्रिएका छन्। पुन निर्माणको लागि आवश्यक बजेटमाँग गर्दै उनीहरु सोमबार मधेश प्रदेशसभा अगाडि प्रदर्शन गरिएका हुन्।

dhanusha 1

संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा कमला पुनः निर्माणको लागि बजेट व्यवस्था नगरेको भन्दै हुलाकी–कमला संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ। उनीहरु  हुलाकी सडकअन्तर्गतका आठ वटा पुल निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको भएपनि पुनर्निर्माणको चरणमा रहेको कमला पुललाई समावेश नगरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

हुलाकी–कमला संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवले कमला पुल निर्माणका विषयमा प्रदेश सरकारले जिम्मा लिनु पर्ने बताए। तर, प्रदेश सरकारबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै आन्दोलन गर्नपरेको संयोजक यादवले बताए।

उनले यसअघि मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउन जाँदा गैरजिम्मेवार अभिव्यक्ति आएको दाबी गरे। उनका अनुसार मुख्यमन्त्री यादवले आफूसँग ‘कहाँबाट कमला पुल बनाइदिनू? आफ्नो सम्पत्ति बेचेर पुल निर्माण गरिदिनू?’ र ‘सिरहाबाट जितेका चार जना सांसदलाई गएर भन्नू’ जस्ता कुरा भनेको उनको दाबी छ।

स्थानीयले अब प्रदेश सरकारको बजेटमा कमला पुल समेटिनुपर्ने माँग राखेका छन्। नभए चरणबद्ध आन्दोलन गरेर सशक्त रूपमा अघि बढ्ने चेतावनी स्थानीयको छ।

आन्दोलनकारीहरूले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ?’ भन्दै नारासमेत लगाएका थिए।

प्रदर्शनमा ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने?’, ‘प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो?’ जस्ता नारा लेखिएको ब्यानर पनि प्रयोग भएको छ।

१५ वर्षअघि निर्माण प्रकृया सुरु भएको कमला पुल २०७८ सालमा उद्घाटनका लागि ठिक्क पारिएको पुल बाढीबाट क्षति भएको छ। क्षतिग्रत पुल नुनः निर्माणका लागि दल तथा विभागिय मन्त्रीहरुले पटक पटक कमला नदिमै पुगेर प्रतिबद्धता जनाउँदै आएका थिए। 

सरकारले १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कमलापुलको विषयमा उल्लेख नगरिएको भन्दै सिरहा तथा धनुषाका बासिन्दा आक्रोसित भएका छन्।  

shanti nikunja