सिराहा, १८ जेठ। सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका १५ बुधौराबाट उक्त पदार्थसहित आइतबार बेलुका मिर्चैया नगरपालिका ६ का २३ वर्षीय जय कुमार साह र १९ वर्षीय सुजल शाहलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १० प ७६३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधौराबाट उक्त पदार्थसहित नियन्त्रणका लिएको सिरहा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्याल्य सिरहाका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालका अनुसार दुवैजनालाई आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























