काठमाडौं, १५ जेठ। मन्त्रीपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेकोसरकारको प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।























