वीरगन्ज, १४ जेठ। वीरगन्जमा निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिदा एक मजदुर महिलाको मृत्यु भएको छ। पर्खालेले च्यापिएर बाराको परवानीपुर गाउँपालिका ४ की ३२ वर्षीया सीतादेवी मुसहरको मृत्यु भएको हो।
वीरगन्ज महानगरपालिका ६ मा ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीबार दिउँसो घरको टपसहित इँटाको पर्खाल अचानक भत्किएर खस्दा त्यसमा च्यापिएर काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उक्त घटनाको अनुसन्धानका क्रममा घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।























