गोलबजार, १४ जेठ। सिरहाको गोलबजार नगरपालिका ४ मा करिब दुई दशकदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको भुमिजा हस्पिटलले १७ औँ वर्षीकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

48cdef3d-843c-4239-a68a-ed17e79c952c

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय नागरिकलाई लक्षित गर्दै आयोजना गरेको उक्त शिविरबाट कुल ११२ जनाले स्वास्थ्य उपचार गराउका छन्।

जसमध्ये २२ जनाले हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। त्यसैगरी ६५ जनाले जेनरल फिजिसियन सेवा अन्तर्गत स्वास्थ्य जाँच गराएको अस्पताल सञ्चालक निरज सिंहले जानकारी दिएका छन्। शिविरमा २५ जनाले रक्तदान गरेका थिए। 

कार्यक्रममा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सेवा तथा विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। साथै आवश्यक बिरामीलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो।

अस्पताल प्रशासनले ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने सन्देश प्रवाह गर्दै समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाएको छ। साथै ‘रक्तदान जीवनदान हो भन्ने मान्यतालाई आत्मसात गर्दै रक्तदान कार्यक्रमलाई समेत प्राथमिकताका साथ सञ्चालन गरिएको अस्पतालले जनाएको छ।

705521264_1588534663277540_4869241638790147670_n