बर्दिवास, १३ जेठ। विद्यालय गएका महोत्तरीको जलेश्वर नगरपालिका १२, थरुवाहीका एक वालक अझै घर फर्केका छैनन्। जेठ ७ गते बिहानै साइकल चढी जलेश्वरस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जलेश्वर गएका स्थानीय आशुतोष यादव १२ वर्षीय छोरा गौतम यादव एक सातादिनदेखि घर नआएपछि रुवावासी चलेको छ।

विद्यालय सकेर घर फकर्ने बाटो पर्खेर बसेका बुवा आशुतोष यादव र आमा पुनम यादवको अहिले छोरा बेपता भएपछि चिन्तित छन्। छोरा बेपत्ता भएको खवरसँगै आमा पुनम बेहोस अवस्थामै छन्। एक छिन होस नआउँदै आमा पुनमले बरबराउँदै छोरा फर्काएर ल्याई दिन घरमा भेट्न आउनेलाई आग्रह गर्दै विलौना गर्छन्। 

विद्यालय सकेर घर फर्किने बाटो कुरेर बसेका पुनमको छोरा घर फर्किन ढिला भएपछि विद्यालयमा सम्पर्क गर्दा गौतम विद्यालय आउँदै नआएको विद्यालय प्रशासनले जानकारी दिएको थियो। 

१५ दिन सम्म पुस्तक नहुँदा विद्यालय नगएका गौतमका बुवाले सापटी पाँच हजार लिएर किताब कापी किनिदिएपछि जेठ ७ गते बिहान ६ बजे गौतम विद्यालय गएका थिए। 

बुवा आशुतोषका अनुसार आफ्नो छोरा वेपता हुनुभन्दा एक दिन अगाडि पनि यस्तो दुई तिन घण्टा सम्म छोरा सम्पर्क बिहिन भएका थिए। त्यो दिन दुई तिन घण्टा पछि नै पछि फर्केकोले सामान्य भन्दै खोजिबिन नगरेको उनले बताए।

यस विषयमा प्रहरीलाई जानकारी गराएपनि प्रहरीले खोजतलासमा राम्रो ध्यान नदिएको परिवारजनको गुनासो छ।

shanti nikunja