काठमाडौं, १३ जेठ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा दोषी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुदन गुरुङ र पुरुषोत्तम यादवमाथि थप अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ। 

जेनजी आन्दोलनमा गुरुङ हामी नेपाल संस्थाका अध्यक्ष थिए। उनले शान्तिपूर्ण प्रदर्शन गर्ने भनि अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ।

‘आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ समेतलाई थप अनुसन्धान गर्न,’ आयोगले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।

गुरुङ रास्वपाका नेता हुन्। उनी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

चुनाव जितेपछि उनी केही समय गृहमन्त्री बनेका थिए। तर, उनको सेयर, पोखराको जग्गा विवाद र हदबन्दीभन्दा अन्य जग्गा र पछिल्ला दिन हिरासतमा रहेका व्यापारी दीपक भट्टको कम्पनीमा रहेको सेयरबारे पनि प्रश्न उठेपछि राजीनामा दिएका थिए। अहिले उनीमाथि छानबिन भइरहेको छ।

(नेपालखवरबाट)

mount 2082 1