सिरहा, १३ जेठ। सिरहाका स्थानीयतहले प्रायः शिक्षाकामा लगानी नै गर्दैनन्। निती तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिलाई प्राथमिकता दिने भन्दै ठूला अक्षरमा लेखिएपनि बजेटमा भने यसले स्थान पाईरहेको हुँदैन। केन्द्र र प्रदेशबाट पूर्वाधार विकासका लागि आएका सशर्त बजेट कार्यान्वयनमा समेत स्थानीयतहले विभिन्न बाहानामा छेकबार लगाईरहेका हुन्छन्।

यतिमात्र हैन, नरहा गाउँपालिकाले दिवा खाजा, छात्रवृत्ति, मसलन्द, पाठ्यपुस्तक, ननस्यालरी बापतको रकम पनि समयमा पठाइरहेका छैनन्। शैक्षिकशत्र २०८२ मा विद्यालयले नियमित पाउनुपर्ने विभिन्न शिर्षकको रकम अझै नपाएका हो।
शिक्षा शाखामा कामगर्ने उचित कर्मचारी नभएका कारण गत शैक्षिक शत्रको दिवा खाजा, छात्रवृति, मसलन्द, पाठ्यपुस्तक, ननस्यालरीबापतको रकम नपाएको प्रधानाध्यापकहरु बताउँछन्। विद्यालय सञ्चालनका लागि नियमित आवश्यक पर्ने रकम समयमा प्राप्त नहुँदा समस्या हुनेगरेको प्रधानाध्यापकहरुको दुखेसो छ।
उनीहरुले खाजाको लागि विद्यालय खुलेकैदिनदेखि आवश्यक पर्ने खाद्य सामाग्री, उधारो र व्यक्तिगत लगानीमा किनिरहेको बताए। ‘एक वर्षसम्म पसलेले उधारमो दिने कुरै भएन, एक प्रधानाध्यापकले भने, ‘केही उधारो छ कतिपय अवस्थामा व्यक्तिगत लगानी पनि गरिरहेका हुन्छौं। पलिकाले जति तागेता गरेपनि समया दिने हैन।’ पाठ्यपुस्तक भने धेरैले उधारोमा लिएका छन्।
छात्रवृत्तिको रकम समयमा नआउँदा अभिभावकका गुनासो सुन्नु पर्ने प्रधानअध्यापकहरुको भनाई छ। आधारभुत विद्यालयहरुबाट कक्षा पाँच उतिर्ण गरेर विद्यार्थीहरु माथिल्लो तह अध्यनको लागि अन्यत्र गएकाले उनीहरुले छात्रवृत्ति नपाउँदा समस्या हुने गरेको छ। नगन्यमात्रामा आउने मसलन्दको रकमसमेत अझैसम्म नपाएको प्रधानाध्यापकहरुको गुनासो रहेको छ।
विद्यालयका शैक्षिकशत्र २०८२÷०८३ को हालसम्म शिक्षकको तलव बाहेक कुनै रकम नगएको प्रधानाध्यापकहरुले बताए।
आधारभुत विद्यालय नरहा ५ बलुवाका प्रधानाध्यापक प्रेमकली यादवले पनि पाठ्यपुस्तक उधारोमा किनेको र खाजा आफ्नो व्यक्तिगत लगानीमा अहिलेसम्म खुवाउँदै आएको बताए। उनले भने, ‘पालिकाले खाजा सञ्चालन गर्ने अनुमति दिन्छ। नचलाउँ पनि भएन। चलायो, अर्को शैक्षिक शत्र सुरुभईसक्यो अझै रकम आएको छैन। यो भन्दा वेथिती के हुन्छ।’
उनले सोमबार अपरान्हसम्म आफ्नो विद्यालयको खातामा कुनै रकम जम्मा नभएको बताए। उनले भने, ‘मैले पाठ्य पुस्तक लिएका व्यसायीलाई चेक दिएको थिएँ। उहाँ सोमबार बैंक जादा चेक भजेन। यसको अर्थ रकम गएको छैन।’
सरण माध्यमिक विद्यालयका प्र.अ. सरस्व्ती साहलेपनि अझै रकम विद्यालयको खातामा नपुगेको बताए। उनले भने, ‘म आफै शिक्षा शाखा हेर्नेगरी थप जिम्मेवारीमा छु, मैले नभ्यार काम ढिलो भएको हो। अव मैले सवै काम सकेर फाईल लेखाको जिम्मा लगायई सकेको छु। लेकाका कर्मचारी बाहिर भएकाले गएको छैन। आईतबार सोमबारसम्मा सवै विद्यालयमा जान्छ।’
उनले समयमा रकम प्राप्त नहुँदा समस्या झेल्नु परेको बताए।
यता प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णले भने रकम यहि साता गईसकेको दावी गरे। उनले रकम पुगेको दावी गरेपनि विद्यालयको खातामा पुगि नसकेको प्रधानाध्यापकहरु बताउँछन्।
यस पालिकामा जम्मा १३ वटा सामुदायिक विद्यालयहरु छन्।























