सिरहा, ११ जेठ। सिरहाको गोलबजार नगरपालिका १ का बासिन्दाले खोलाबाट ग्रोभेल निकाल्ने नाममा सामुदायिक वन क्षेत्रबाट उत्खनन र अनुमतिविना भण्डारण गरेका ग्राभेल उठाउन रोक लगाएका छन्। त्रिनेत्र सामुदायीक वन उपभोक्ता समितिको अनुमति विना ग्राभेल भण्डारन र उत्खनन गरेको भन्दै भण्डारण गरिएको गिट्टीवालुवा उठाउन रोक लगाएको हो। 

gagan2

वन समितिले पटक–पटक भण्डारण नगर्न अनुरोध गर्दा पनि ठेकेदारले जवरस्ती भण्डारण गर्दै आएका थिए। समितिका पदाधिकारीले भनेको नसुनेपछि पछि आईतबार विहान गाउँले नै उल्टेर भण्डारण गर्न र भण्डारण गरिएको गिट्टी वालुवा उठाउन रोक लगाएको छ। 

gagan3

गोलबजार नगरपालिकाले वडा नम्वर १ र २ भएर बग्ने गागान खोला तिरुपति कन्ट्रक्सनलाई करिव ७१ लखमा वालुवागिट्टी निकाल्ने ठेक्का दिएको छ। ठेकेदार कम्पनीले खोलाबाट निकालेर व्यक्तिको जनिनमा भण्डारण गर्ने अनुमति लिएपनि उनले सजिलोको लागि सामुदायिक वनक्षेत्रमा भण्डारण गरिरहेको छ। 

gagan4

ठेकेदारले पनि यो कुरा स्वीकार गरेका छन्। कम्पनीले आफूहरुलाई सजिलो पर्ने भएकाले राखिएको बताए। अनुमति लिएको विषयमा भने उनले बताउन चाहेनन्।

समितिकाहरुले पटक–पटक आएर वनक्षेत्रमा बालुवा गिट्टी  भण्डारण नगर्न अनुरोध गरेपनि ठेकेदारले वेवास्ता गरेको स्थानीय महेन्द्र पूर्वेले बताए। उनले भने, ‘हामीले समितिलाई भन्यौं, समितिकाहरु आएर पटक–पटक नराख्न अनुरोध गर्दा पनि टेरेनन्, त्यसैले आज हामीले रोक लगाएका हौं।’

हामीले रोकेर वन र स्थानीय प्रशासनलाई बोलाउँदै गर्दा यहाँ जम्माभएका ट्याक्टर र ट्रकहरु लिएर भागेको पूर्वेले बताए। 

‘पहिला हामीलाई थोरै राखेका होलान भन्ने लागेको थियो, आज यहाँ आएर हेर्दा त वनै ढाक्नेगरी गिट्टी वालुवा राखेको र वनक्षेत्रमासमेत उत्खनन गरेकाले रहेछन्’, पूर्वेले भने।

अर्का स्थानीय सजन पूर्वेले अनुमति विना भण्डारण गरेको बताए। उनले वन समितिलाई यसविषयमा कुनै जानकारी नभएकाले नै आफूहरु रोक्न आएको बताए। 

उत्खननका क्रममा बन बुट्यानहरु मासिएको समेतमासिएका छ। वनभरी बालुवा–गिट्टी भण्डारण गरेकाले चरिचरण मासिएको पनि स्थानीय उपभोक्ताले गुनासो गरे। 

यता वन कार्यालयले वन क्षेत्रभित्र अनुमतिविना कुनैपनि सामान भण्डारण गर्न नपाइने बताए।  डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत वेचन शर्माले वन समितिसँग पनि अनुमति नलिएकोले कसले कसरी त्यतिधेरै सामाग्री भण्डारण गरेको हो? त्यसविषयमा हामी तत्काल पत्र काटेरै बुझ्झौं, र आवश्यक परे कार्वाही प्रकृयापनि अगाडी बढाउँछौं भने। तर, सोमबार दिनभरी भण्डारण गरिएको बालुवागिट्टी ओसार्दासमेत वन कार्यालयले कुनै चासो नदेखाएको एक स्थानीयले बताए।

अनियन्त्रित उत्खनन् हुँदा पनि जनप्रतिनिधी केही नभएजसरी बस्नुले उनीहरुको मिलमत्तो भएको स्थानीयको आरोप छ। उनीहरुले जथाभावी उत्खनन् गरेको जानकारी गराउँदा पनि जनप्रतिनिधीले चासो नदिएको स्थानीयको भनाई छ। 

705521264_1588534663277540_4869241638790147670_n