ज्ञान कुमार राय

सिरहा, १० जेठ। सिरहामा दलित महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नरहा गाउँपालिका ३ का ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपीट गरेको आरोपमा स्थानीइ  करिव ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार बेलुका नयाँ चोहर्वाबाट पक्राउ गरेको हो।

मण्डललाई गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए। प्रहरीका अनुसार, भैंसी आफ्नो खेतमा गएको भन्दै मण्डलमाथि कुटपिट गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन्।

पीडितले अभद्र व्यवहारसम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी लिएर उनलाई चोहर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान प्रहरीले गरिरहेको छ। यादव राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता हुन्।

mount 2082 1