बर्दिवास, ८ जेठ। महोत्तरीमा नुहाउने क्रममा चिप्लिएर नदीमा डुब्दा ३ बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो मनरा सिस्वा नगरपालिका ७ सरपल्लोस्थित अंकुशी र जंघा नदीको दोभानमा नुहाउने क्रममा उनीहरूको ज्यान गएको हो।

shreejana+12 2083

मृत्यु हुनेमा स्थानीय वीरेन्द्र भण्डारीको छोरी १३ वर्षीया स्नेहा र ६ वर्षीय शिवानी भण्डारीको मृत्यु भएको छ। सँगै नुहाउन गएको सोही ठाउँका अजिज नदाफकी छोरी अफ्साना खातुनको डुबेर मृत्यु भएको हो। मृत्यु हुने स्नेहा र शिवानी दिदीबहिनी हुन्।

स्नेहा र अपसना सरपल्लो स्थित मुनीलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्। उनीहरूसँगै स्नेहाकी सानी बहिनी समेत दिदी पछ्याउँदै नदीमा पुगेकी थिइन्। नुहाउने क्रममा उनीहरूको खुट्टा चिप्लिएको र ठुलठुलो खाल्डाको कारणले उनीहरू डुबेको मृतक बालिकाहरू स्नेहा र शिवानीकी हजुरआमा मरनी देवीले जानकारी दिए।

खबर पाएपछि इलाका प्रहरी कार्यालय कार्यालय बलबाका प्रहरी टोली घटनास्थल पुगि तीनै जनालाई प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएको थियो। चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी पन्चलाल गोलेले जानकारी दिए।