बर्दिवास, ८ जेठ। महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई  ७२ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोले रङ्गेहात नियन्त्रणमा लिएको छ। एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले प्रशासकीय अधिकृत यादवलाई शुक्रबार अपरान्ह नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुससहित औरही सडक क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाएको छ। 

आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको अजनाएको छ।

mount 2082 1