लहान, ८ जेठ। लहान नगरपालिकाले पालिका भित्रका सवै विद्यालयहरु आईतबारसमेत सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रवार सूचना जारी गर्दै आईतबार देखि शुक्रवारसम्म कक्षा सञ्चालन गर्न सूचना प्रकाशन गरेको हो।

नगर कार्यपालिका शुक्रवार बसेको निर्णय अनुसार पालिकासवै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुलाई साविककै समय अनुसार आईतबारदेखि शुक्रवारसम्म साताको ६ दिन विद्यालय सञ्चालन गर्न सूचना गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले भने देशैभरीका सम्पूर्ण शैक्षिकसंस्थाहरु सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। माथिल्लो सरकारको निर्देशन उलङ्घन गर्दै लहान नगरपालिकाले भने ६ दिनसम्म सञ्चालन गर्ने सूचना प्रकाशन गरेको छ।























