लहान, ६ जेठ। भारतीय महाबाणिज्यदूत देवी सहाय मीनाले नेपाल भारतबीच बहुआयामिक विकास साझेदारी अन्तर्गत नेपालका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्यसहित पूर्वाधारका क्षेत्रमा सहयोग गरिरहेको बताएका छन्।  

6b30892f-1847-4d1b-a743-6846107b4b2b

नेपालस्थित भारतीय राजदूतावास र सप्तरीको सुरुङ्गा नगरपालिकाको साझेदारीमा सुरुङ्गा १ शिशुवारीस्थित जनता मा.वि.को सुविधा सम्पन्न तीन तले भवनको उद्घाटन गर्दै उनले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालय भवन निर्माण गरिएको बताए। ‘नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका विद्यालय, क्याम्पस, अस्पताल, सडक, पुल, ढल निकास, तटबन्ध जस्ता क्षेत्रमा नेपाल सरकारसँगै मिलेर नेपालीहरुको जीवन उत्थान र सर्वाङ्गीण विकासका लागि काम गरिरहेको छ’ उनले भने। 

shrijana school 2083

‘विद्यालय भवन निर्माणले विद्यार्थीहरुले सुविधा सम्पन्न र सुरक्षित वातावरणमा पढ्न पाउने वातावरण बनेको छ’ उनले भने ‘परियोजनाले स्थानीय जनताको जीवन स्तर उकास्न सरकारी प्रयासलाई थप सघाउन निरन्तर सहयोगलाई दर्शाउँ ।’ भारत सरकारको सहयोगमा नेपालस्थित भारतीय दूतावासमार्फत मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, तटबन्ध, सिंचाइ, विद्युत लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ८७ परियोजना संचालन गरिएको उनले बता। 

704592525_27261964696731352_4767767393696140650_n

‘त्यसमध्ये ५४ वटा त शिक्षा सम्बन्धी छन्’ उनले भने ‘सात वटा स्वास्थ्य, आठ वटा सडक र पुल, एउटा तटबन्ध लगायत छन्।’ उनका अनुसार दूतावासमार्फत संचालित परियोजना अन्तर्गत सप्तरीका विभिन्न स्थानीय तहका लागि स्वीकृत नौ मध्ये सात वटा सम्पन्न भइसकेको र दुईवटा संचालन भइरहेको छ। दूतावासमार्फत विभिन्न जिल्लामा उपहार स्वरुप उपलब्ध गराइएको दुई सय ३२ एम्बुलेन्स र ४० स्कूल बसमध्ये २६ एम्बुलेन्स र ४० बस सप्तरी जिल्लाका लागि दिइएको उनले बताए। जिल्लाका विभिन्न ठाउँका स्वास्थ्य संस्था र विद्यालयलाई उपलब्ध गराइएको एम्बुलेन्स र बसले स्वास्थ्य र शिक्षा जस्तो क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधारको रुपमा काम गरेको उनले बताए। 

701681551_27261964486731373_1013015866650836513_n

दूतावासको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारीमा जिल्लाको पश्चिम उत्तरी कुनामा पर्ने सिमान्त गाउँ शिशुवारीस्थित जनता मा.वि. को तीन तले नयाँ भवन मूल्य अभिबृद्धि कर र पिएससहित तीन करोड १४ लाख नौ हजार ६४० रुपैयाँ लागतमा बनेको हो। सिरहाको लहान १९ स्थित सूर्यकुण्ड÷गोपीकृष्ण जेभीले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवले जानकारी दिए। 

भवन उद्घाटनपछि कक्षा १ देखि १२ सम्मका छ सय २७ विद्यार्थीका लागि कक्षा कोठा, विद्यालयको कार्यालय व्यवस्थापन, बैठक कक्ष संचालनका लागि सहज भएको उनले बताए। ‘एसइइपछिका कक्षा ११ र १२ अन्तर्गत स्थानीय विद्यार्थीका लागि लक्षित गरी व्यवस्थापन, शिक्षा संकयको नियमित कक्षा संचालन हुँदै आएको छ’ उनले भने ‘चालु शैक्षिक सत्रदेखि कानुन संकाय संचालन गर्ने तयारी गर्दछौं।’

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गा १ का वडाध्यक्ष छत्रबहादुर राउतका अनुसार स्थानीय समाजसेवी ध्रुवबहादुर राउतको पहल र सकृयतामा वि.सं. २००८ सालमा स्थापना भएको उक्त विद्यालय नगर क्षेत्रमा रहेका सातवटा मा.वि.हरुमध्ये एसइइ उत्तिर्ण दर र कक्षा १२ को नतिजार्फ अब्बल रहेको छ। ‘विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर कायम गर्दै चालु शैक्षिक सत्रदेखि १ देखि ५ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदैछ’ उनले भने ‘त्यसमा वडा कार्यालयले पनि आवश्य सहयोग र समन्वय गरिरहेको छ।’  

मेयर गिता चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।