सिरहा, ६ जेठ। सिरहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिवन्धित लागुपदार्थसहित ३ जनालाई पक्राउ गरेको छ। सिरहा–चोहर्वा सहायक सडक अन्तर्गत विष्णुपुर गाउँपलिका १ बाट जिल्लाकै औरही गाउँपलिका ४ का ३२ वर्षिय रामउदगार यादव, सिरहा नगरापलिका २२ का ३६ वर्षि राम बिलेक्षण यादव र भारत विहारको मधुवनी ग्राम पञ्चायत खाजेडी ५ का अन्दाजी २१ वर्षिय चन्दन कामतीलाई २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित मंगलबरा राती नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालाय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले सिरहाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३७ नम्बरको यात्रुवहाक बसलाई रोकी चेकजाँच गर्दा रामउदगार यादवको साथबाट उक्त लागुऔषध पफेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
उनीहरुको साथबाट एक थान डिजीटल तराजुसमेत फेला परेको प्रहरीले बताए।
उनीहरुलाइ आजै जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसकान गरिरहेको प्रहरीको भनाई छ।






















