सिरहा, ६ जेठ। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ९ र फूलकुमारी मेमोरियल होस्पिटल कर्जन्हाको समन्वयमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४३० जना वृद्धवृद्धा तथा बालबालिकाले स्वास्थ्य सेवा लिएका छन्। 

शिविरमा बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ।

d7756c6e-348c-4ae3-88ec-562c373d3fa2

वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा महिला प्रस्तुति तथा स्त्री रोगका १०० जना, बालबालिाक १०० जना, जनरल फिजिसियनतर्फ २०० जना तथा आँखा रोगतर्फ ३० जना बिरामीले सेवा लिएको जनरल फिजिसियन डा.चन्द्रशेखर यादवले जानकारी दिए।

073cb0dd-940e-4d28-94d0-f89ad5b900e4

निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीय आशोदेवी सदायले आर्थिक अभावका कारण लामो समयदेखि घुँडा दुखाईको  उपचार गराउन सकेका थिएनन्। आफ्नै गाउँमा शिविर सञ्चालन भएपछि उपचार सेवा लिन सहज भएको भन्दै उनले खुशी व्यक्त गरिन्।

a59fd2a2-7ff1-4132-a972-f601aa23659c

त्यस्तै अर्का स्थानीय बिपतिया पासवानले गरिब तथा विपन्न समुदायका लागि प्रभावकारी काम गरेको भन्दै वडा अध्यक्षप्रति धन्यवाद व्यक्त गरे। उनले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत ५ सयदेखि १ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको तर आर्थिक अभावका कारण उपचार सम्भव नभएको बताए।

वडा नम्वर ९ का अध्यक्ष विनोद यादवले आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका अति विपन्न परिवारका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। उनले गाउँघरका धेरै नागरिक आर्थिक अभावका कारण उपचार गराउन नसक्ने तथा रोग पहिचानसमेत गर्न नपाएको गुनासो आउने गरेको उल्लेख गर्दै त्यही अवस्थालाई मध्यनजर गरी शिविर आयोजना गरिएको बताए।

mount 2082 1