सिरहा, ६ जेठ। गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले सामाजिक एकताले विद्यालयको विकामा योगदान पुगेको बताए। गोलबजार नगरपालिका ११ बलकावास्थित श्री माध्यमिक विद्यालयको शौचालय भवन उद्घाटन तथा २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तिर्ण छात्र–छत्रा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै समुदायको सहयोगले यो विद्यालय प्रगतिको मार्गमा अघि बढेको बताएको हो।

मेयर श्रेष्ठले आफ्नै पालिकाको कतिपय विद्यालयहरु सामाजिक तथा राजनीतिक कलहमा फसेकाले भनेजस्तो प्रगति गर्न नसकेको बताए। बलकावा माविले छाटो समयमा गरेको प्रगति ति सवै विद्यालयको लागि प्रेरणा भएको बताए।
शिक्षक अभाव, पूर्वाधार अभावको अवस्थामा यहाँका शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी तथा स्थानीय समुदायको सहयोगमा छाटो समयमा विद्यालयले राम्रो प्रगति गरेको मेयर श्रेष्ठले बताए। उनले सवै विद्यालयहरुलाई बलकावा माविबाट शिक्न अनुरोधसमेत गरे।

मेयर श्रेष्ठले नयाँ २ कोठे पक्की भवनको लागि यो पटक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए। उनले भने, ‘यहाँ अझैपनि पुराना जस्ताका भवनहरुमा पढिरहेको अवस्था छ। मैले पनि देखिरहेको छु। यो पटक म २ कोठे पक्की भवन निर्माणको लागि बजेट विनियोजन गराउँछु।’
सोही क्रममा बलकावा माविले ३ वर्षको अवधिमा शिक्षा र पूर्वाधार विकासको क्षेत्रमा राम्रो प्रगति गरेको गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष स्वयव अनबरले बताए। तीनवर्ष अघि व्यवस्थापन समितिका अध्यक्षमा जियाउद्दिन खान निर्वाचित भएपछि उहाँको नेतृत्वमा विद्यालयको पूर्वाधार विकास र सुधार तथा शैक्षिक गतिविधिमा पनि सुधार आएको बताए।
अध्यक्ष खानले विभिन्न संघस्ंस्था तथा वडाको सहयोगमा पुराना जस्ता फेर्ने, भवनहरुलाई रंरोगन, विद्यालयमा शुद्ध खाने पानी, सरसफाईको उचित व्यवस्थापन, नयाँ शौचालय भवन, नियमित विद्यालय आउने विद्यार्थीलाई निःशुल्क कपी कलम दिएर विद्यार्थी आर्षित गर्ने काम गरेको वडा अध्यक्ष अनवरले बताए।
विद्यालयले गरेको प्रगति आफ्नो एकल प्रयासबाट मात्र सम्भव नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जियाउद्दिन खानले बताए। ‘तीन वर्षको अवधिमा विद्यालयमा भएको प्रगतिको मापन अव समुदायले गर्ने हो भन्दै अध्यक्ष खानले भने, ‘आफ्नो नेतृत्व स्वीकार गरेर सम्पूर्ण शिक्षक, अभिभावक, जनप्रतिनिधी तथा स्थानीय समुदायको सहयोगबाट यो अवस्थामा आएको हो।’
उनले आफूले यहाँ भए गरेका हरेक योजनाहरुमा आफूले पनि एक रुपैयाँ हिनामिना नगरेको र कसैलाई हिना मिना गर्न नदिएले पनि कुनै काममा कसैले बाधा–अवरोध नगरेको पनि उनले बताए।
उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी अरविन्द सिंह, धनिकलाल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रधानाध्यापक बेचन साहलेले पूर्वाधाको विकाससँगै शिक्षा सुधारको लागि थप काम गर्नुपर्ने बताए।
प्रधानाध्यापक साहले दुई दशकलेखि मावि सञ्चालन भएपनि अझै प्रस्तावितकै अवस्थामा रहेको जनाए। दरवन्दि अभावका कारण पठन पाठनमा समस्या हुँदै आएको उनले सुनाए। प्रधानाध्यापक साहले भने, ‘हामीसँग अहिले २ जना मावि शिक्षकमात्र हुनुहुन्छ, आजपनि प्रावि र निमाविका शिक्षकहरुको सहयोगमा मावि चलाई रहेका छौं। जसको कारण शैक्षिक सुधारमा समस्या भईरहेको छ।’
२०८२ को एसईईमा उतिर्ण छात्रछात्रालाई सम्मान तथा पुरस्कार

विद्यालले २०८२ को एसईईमा उतिर्ण छात्र–छात्रालाई सम्मान तथा पुरस्कार प्रतान गरेको छ। विद्यालयले एसईई उतिर्ण ८ जना विद्यार्थीलाई मायाँको चिनो र जनहि ५ हजारका दरले नगद पुरस्कार प्रदान गरेको हो।
पुरस्कार तथा सम्मान पाएका छात्रछत्राले सम्मान तथा पुरस्कारले आफूहरुमा आत्म विश्वास बढ्नुका साथै उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने बताए। उनीहरुले आफूहरुले आफूहरुलाई यो पुरस्कारले माथिका शिक्षा अध्ययनको लागि योगदान हुने बताए।
विद्यालयले एसईईमा उत्तिर्ण अस्मिता चौधरी, अनिशा कुमारी गिरी, साजित खान, सर्फराज आलम, रजित कुमार उराउँ, आशिका कुमारी सदाय, ओमप्रकाश राय, अम्विका कुमारी साहलाई सम्मान गरेका थिए।






















