सिरहा, ४ जेठ। सिरहा प्रहरीले ५ ग्राम ३ सय मिलिग्राम प्रतिवन्धित लागू पदार्थ ब्राउन सुगरसहित गोलबजारका दुई युवकलाई नियन्त्रणमा लिएको छ। माडर–चोहर्वा सहायक सडक अन्तर्गत सिरहा नगरपालिका १४ बाट आईतबार राति गोलबजार नगरापालिका ३ का ३१ बर्षिय सरोज बिक र २६ वर्षिय राजु लामालाई उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले माडरबाट सिरहातर्फ आउँदै गरेको ज.४ प १३८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकालागि चेकजाँज गर्दा विकको साथबाट २०० मिलग्राम र लामाको साथबाट ५ ग्राम १०० मिलिग्राम व्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए।
नियन्त्रणमा लिएका उनीहरुलाई आज सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






















