सिरहा, २८ बैशाख। सिरहाका भुमिहिन सुकुम्वासीहरुले सकारले सुकुम्वासीको घरभत्काएको विरोधमा प्रदर्शन गरेका छन्। बसोवास सुनिश्चितताको माँगगर्दै यहाँका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अवेवस्थित बसोवासीहरुले धनगढीमाई बजारमा जुलुस प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा जिल्लाका विभिन्न क्षेत्रबाट सुकुम्वासीहरु भेला भएका थिए। प्रदर्शनमा सुकुम्वासीहरुले गरिवको घर ढलाउँछौं, सरकार कसरी चलाउँछांै, बलपूर्वक उठिवास तुरुन्त बन्दगर, भूमि र आवास अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार कायम गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए।
भूमि अधिकार मञ्च सिरहाका अध्यक्ष समस्ती लाल आलेले भूमिहीन सुकुम्बासीलाई जबर्जस्ती हटाउने कार्य भइरहेकाले आफूहरू सरकारलाई सचेत गाराउन सडकमा उत्रिन बाध्य भएको बताए। उनले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह गर्दै बसोबास गरिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न सरकारसँग माग गर।

सुकुम्बासी व्यवस्थापनका लागि सरकारले लिएको नीति सकारात्मक भएपनि व्यवहारमा त्यस्तो नदेखिएको उनको कथन रहेको छ। सरकाले घोषणागरेको सय बुँदे प्रतिबद्धता पत्रको ९१ नम्वरमा भूमिहीन तथा अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि ६० दिनभित्र लगात संकलन, प्रविष्टिकरण र प्रमाणिकरण कार्य सम्पन्न गर्ने भनिएको छ। तर सरकाले भूमिहिन व्यवस्थापन नगरी घरमा डोजर चलाउनु उचित नभएको अध्यक्ष आलेले बताए। उनले बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
प्रदर्शनमा सहभागी मिर्चैया नगरपालिका ६ का भूमिहिन सुकुम्वासी भिमबहादुर दमाइले आफूहरु सुकुम्वासी भएको बताउँदै सरकारले गाँस बासको ग्यारेन्टी गर्नुपर्ने बताए। उनले भने, ‘हामी सुकुम्वासी हौं, सरणार्थि होइनौं, त्यसैले हाम्रो वसोवासको सुनिश्चिता गर्नुपर्छ।’
राष्ट्रिय भूमि अधिकार मञ्च सिरहाको नेतृत्वमा आयोजित प्रदर्शनमा जिल्लाका विभिन्न पालिकाका सुकुम्वासीहरुको सहभागीता रहेको थियो।
भूमि समस्या समाधान आयोगको आर्थिक वर्ष २०८१÷०८२को तथ्याङ्क अनुसार सिरहामा भूमिहिन दलित तीन हजार ८१५, भूमिहिन सुकुम्वासी दुई हजार ६६३ र अव्यवस्थित बसोवासी तीन हजार ३७४सहित जम्मा नौं हजार ८५२ घरपरिवार रहेका छन्।





















