सिरहा, २७ बैशाख। स्थानीय प्रतिभा प्रष्फुटन र नयाँ  खेलाडीलाई स्थापित गर्ने उदेश्यसहित गोलबजार नगरपालिका वडा नम्वर २ को आयोजनामा तथा गोलबजार मेन डोजोको समन्वयमा वडा अध्यक्ष अन्तर प्रदेश खुल्ला कराते प्रतियोगिता हुने भएको छ। अगामी जेष्ठ  १, २ र ३ गते दोस्रो २ नम्वर वडा अध्यक्ष अन्तर प्रदेश खुल्ला कराते प्रतियोगिता २०८३ हुने भएको हो।

shrijana school 2083

आज वडा कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको अफिसियल लोगो सार्वजनिक गर्दै वडा अध्यक्ष सुकदेव सिंहले खेलाडी उत्पादनको लागि प्रतियोगिताले अहम भुमिका खेल्ने बताए। उनले कराते खेल अनुशासन, आत्मरक्षा र स्वस्थ समाज निर्माणको लागि महत्वपूर्ण खेल मध्य रहेको बताए। साथै खेलकुदको बिकासको लागि २ नम्वर वडा सधैं गम्भीर रहेको बताए।

प्रतियोगितामा कोशी प्रदेशका ४ टिम, मधेस प्रदेशभित्रको आठ जिल्लाका कराते स्कुल टिम, आयोजक टिम सहित १२ टिमका ३ सय भन्दा बढि खेलाडील सहभागी हुने समन्वयकता कसम कुमार लामाले जानकारी दिए।  

पुरुष २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी मुनि र ६७ केजी माथि तथा एकल कातासमूहमा खेलाडी र महिला समुहमा २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी मुनि, ६१ केजी  माथि, एकल काताका नयाँ तथा पुराना खेलाडीहरुले प्रतियोगिता खेल्ने कराते प्रशिक्षक कसम कुमार लामाले जानकारी दिए। 

प्रतियोगिताका बिजेता टिमले नगद पुरस्कार तथा उत्कृष्ट दुई खेलाडीले माउन्टेन साइकल प्राप्त गर्ने छ। प्रतियोगिताको सबै खेल २ नम्वर वडा कार्यालय परिषर गुरुधाम हुनेछ। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन वडा नम्वर २ को कार्यालय र स्थानीय निजि बिद्यालय भिजन एजुकेसन एकेडेमी गोलबजार ६ , हिमालयन  पब्लिक स्कुल गोलबजार ६, ट्रिनिटी स्कुल गोलबजार ६, बालबिकास आबासीय बिद्यालय गोलबजार ८, जीवन बिद्या मन्दिर गोलबजार ९ लगाएत बिद्यालय, निजि संस्था तथा व्यक्तित्वहरुको आर्थिक सहयोगमा हुने जानकारी प्रशिक्षक लामाले जानकारी दिए।