सिरहा, २५ बैशाख। सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार पुनःस्थापनाको आन्दोलनमा सहभागी नहुन राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता कार्यकर्ताको ध्यानाकर्षण गराएको छ। पार्टीका जिल्ला सभापति हरिप्रसाद मैनालिले आज एक ध्यानार्षणपत्र जारी गर्दै सरकारी निर्णयको विरुद्धमाहुने आन्दोलनमा सहभागी नहुन पार्टी सदस्य तथा पदाधिकारीको ध्याकर्षण गराएको हो। 

shrijana school 2083

जारी ध्यानाकर्षण पत्रमा ‘नेपाल सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सिरहा जिल्लाका कुनै पनि पार्टी सदस्य तथा पार्टी पदाथिकारीहरुलाई विरोध प्रदर्शन तथा आन्दोलन नगर्न नगराउन विनम्र अनुरोध छ,’ भन्ने उल्लेख गरिएको छ।

साथै छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले ध्यानाकर्षण जनाएको छ। छोटी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा आधुनिक, सेवा–सुविधासम्पन्न भन्सार कार्यालयका रूपमा विकास गर्न सरकारसँग माँग गरेको समेत गरेको छ।

ध्यानकर्ष पत्रमा सिरहाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव, डा. ललिताकुमारी शाह र पुरुषोत्तम यादवलगायतलाई राज्य र जनताको हितअनुकूल कार्यको लागि पहल गर्न अनुरोध गरिएको छ।

बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयपछि त्यसक्षेत्रका स्थानीय सरकार, व्यासायी तथा जनसमुदाय निरन्तर आन्दोलनमा छन्। 

आज पनि बडियारपट्टीमा उनीहरुले विहान ७ बजेदेखि ११ बजेसम्म टायर बालेर सम्पूर्ण बजार बन्दगरी चक्का जाम गरेका थिए।

Bariyarpatti-Costum