सिरहा, २५ बैशाख। सिरहाको बरियारपट्टी छोटी भन्सार पुनः सञ्चालनको माँग गर्दै स्थानीय जनप्रतिनिधी तथा व्यसायीहरुले आज दोस्रो दिनपनि प्रदर्शन गर्दै सडक जाम गरेको छ। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टीमा सडक जाम गरेर स्थानीयले प्रदर्शन गरेका हुन्।
लामो समयदेखि सञ्चालनमा रहेको बरियारपट्टी छोटी भन्सारको स्तरोन्नती गर्नुकोसटो सरकाले बन्द गरेकोेमा आक्रोशित स्थानीयले सरकार विरुद्ध नारावाजी गर्दै सडक जाम गरेको जनाएको छ। स्थानीय जनप्रतिनिधी, व्यसायी तथा जनसमुदायले आफूहरुको पूर्व निर्धातिर कार्यक्रम अनुसार आज विहान ७ बजेदेखि ११ बजेसम्म सम्पूर्ण बजार बन्द गरेर सडक जाम गरेको बताए।
आन्दोलरत व्यवसायीहरुले सरकारले तत्काल निर्णय फिर्ता लिएर भन्सार सञ्चालनमा नल्याए अझ सशक्त आन्दोलनमा जाने बताएको छ।
भन्सार भन्द हुँदा स्थानीय व्यापार व्यसाय, राजस्व संकलन तथा सीमा क्षेत्रको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने र राजश्व चुहावटमा समेत वृद्धि हुने भन्दै उनीहरुले सरकारको विभेदकारी निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए।
उनीहरुले विहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनत्र समेत बुझाएका छन्।
नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। 





















