सिराहा, २३ बैशाख। सिरहा प्रहरीले पूर्व–पशिचम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका १ मेदनीपुर सरस्वती खोला नजिकबाट ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। ब्राउनसुगर बेचविखन भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेका प्रहरीले ११ ग्राम ब्राउनसुगरसहित लहान नगरपालिका १३ गणेशपुरका २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण व्यूरो सिरहाको टोलिले पासवानलाई उक्त परिमाणको ब्राउन सुगर र एक थान डिजिटल तराजुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश वहादुर पालले जानकारी दिए।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ।






















