सिरहा, २३ बैशाख। जिल्लाका शैक्षिकसंस्थाहरुले आ–आफ्नै प्रकारले शैक्षिक गतिविधि गर्न थालेपछि शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जिल्लाका सवै स्थानीय तह तथा विद्यालयहरुलाई सातामा दुई दिन सार्वजनिक विदा दिन पत्राचार गरेको छ। नेपाल सरकार मन्त्रिरिषद्को निर्णय अनुसार सम्पूर्ण शैक्षिक संस्थाहरुलाई शनिवार र आईतबार दुईदिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वनको लागि पत्राचार गरेको हो।

जारी पत्रमा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्दर्भमा परिवर्तित शैक्षिक सत्र एवम् सार्वजनिक बिदा अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि सबै स्थानीय तह एवम् अन्तर्गतका सम्पूर्ण सामुदायीक तथा संस्थागत विद्यालाई अनुरोध गरिन्छ। भन्ने उल्लेख गरिएको छ।
पत्रमार्फत शैक्षिक गतिविधिलगायत विभिन्न प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्यहरु समेत गर्नु गराउनुहुन अनुरोध छ।
विशेषगरी निजी विद्यालयहरुले अझै सरकारी निर्णय पालना नगरेको भन्दै स्थानीय तहहरुले सचेत गराउँदै आएपनि अटेर गर्दै आएको छ।
केही स्थाननिय तहले आईतबार देखि शुक्रवारसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।






















