सडक निर्माण कम्पनीले वडा अध्यक्ष र पुजारीसँगको मिलेमत्तोमा अवैधरुपमा उत्खनन गरेको जमिन देखाउँदै पुजारी विहारी दास मुखिया।
सिरहा, २२ बैशाख। सरकारले सार्वजनिक सम्पति संरक्षण गर्न धमाधम सुचना काट्ने र बस्ति भत्काउने कार्य गरिरहेको बेला सिरहाको गोलबजारमा भने जनप्रतिनिधीकै मिलेमत्तोमा सार्वजकि जमिनको माटो किन बेच भईरहेको छ। गोबजार नगरपालिका १२ असनपुर चौरीमा रहेको रामजानकी मन्दीरको जग्गाबाबाट वडा अध्यक्ष गणेश मुखियाले निर्माण कम्पनीसँगको मिलेमत्तोमा माटो विक्रि गरेको हो।

सडक निर्माण कम्पनीले अवैधरुपमा उत्खनन गरेको जमिन ।
वडा अध्यक्ष मुखियाले मन्दिरका पुजारी विहारी दास (मुखिया)सहित स्थानीय केही व्यक्तिहरुलाई प्रभावमा पारेर मन्दीरको नाममा रहेको खेतियोग्य जग्गाको माटो सडक निर्माण कम्पनीलाई विक्रिगरेको स्थानीयको आरोप छ। मन्दिरको जग्गामा दाँईमाडी गर्न पल्केका वडा अध्यक्ष मुखियाले हुँदा–हुँदा माटोसमेत बेचेको उनीहरुको भनाई छ।

गोलबजार नगरपालिका १२ मा रहेको रामजानकी मन्दिर।
स्थानीय सुरेन्द्र मण्डलले पछिल्लो करिव १० दिनदेखि माटो खन्ने, ओसार्ने र नजीकै निर्माणधिन बाटोमा लगाउने कार्य भईरहेको भएपनि वडा अध्यक्षको मौनताले माटो विक्रिमा वडा अध्यक्षको संलग्नता प्रस्ट देखिएको बताए। उनले भने, ‘मन्दिरमा एउटा पात हल्लिदा पनि जानकारी हुने, सोधिखोजी गर्ने वडा अध्यक्षलाई दिनदहाडै दर्जनौं ट्याक्टर र जेसीभी लगाउँदा पनि देखिन, जानकारी भएन भन्नु सफेद झुठ हो। उहाँलाई सवै जानकारी छ। उहाँकै निर्देशनमा सवै भईरहेको छ।’

निर्माण कम्पनी देव कन्ट्रक्सनले मन्दिर परिसरमा राखेको रोलर मेशिन।
अर्का स्थानीय राजकुमार मुखियाले पनि आफूले पछिल्लो १०\१२ दिनदेखि रातको समयमा समेत माटो खन्ने गरेको देखेको बताए। उनले वडा अध्यक्षकै मिलेमत्तोमा खनिएको हुन सक्ने बताए। उनले भने, ‘मन्दिरको विषयमा वडाअध्यक्षले राम्रै चाँसो दिएको देख्छु माटो पनि उहाँले नै खनाएको हुनुपर्छ।’
वडा अध्यक्ष मुखियाले भने आफूलाई माटो खनिरहेको विषयमा कुनै जानकारी नभएको जिकिर गरे। उनले भने, ‘मलाई कसरले कसरी किन मन्दिरको जमिनबाट माटो निकालिरहेको हो जानकारी भएन, मैले पनि सञ्चार माध्यमबाटै जानकारी पाएको हो। अव बुझेर कार्वाहीको लागि अगाडी बड्छु।’
मन्दिर विकास समितिका सदस्य माधव प्रसाद यादवले पनि वडा अध्यक्षले बोलिमा लोलि मिलाए। उनले पनि आफूलाई पछि मात्र जानकारी भएको बताउँदै भोलि नै समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए।
कुराकानै कै क्रममा मन्दिरका पुजारी विहारी दास (मुखिया)ले भने माटो खनेको भोलिपल्ट हेर्नको लागि वडा अध्यक्षले एकजना समितिका व्यक्ति पठाएको जानकारी दिए। उनले भने, ‘मैले कसैलाई नसोधी खेत सम्याउन भनेको थिएँ। भोलिपल्ट वडाअध्यक्षले समितिको एकजनालाई हेर्न पठाउनु भएको थियो। उहाँले पनि कुनै–कुनै ठाउमा गहिरो भयो भनेर जानुभयो।’ भन्दै कुरा चिप्ल्याए।
वडा अध्यक्ष मुखिया र समिति सदस्य यादवको एउटै बोलि, वडा अध्यक्षले जानकारी नै छैन भन्ने तर, हेर्न मानिस पठाउनुले अवैध माटो उत्खनन्मा रकमको राम्रै चलखेल भएको देखिन्छ।
जग्गा सम्याउने भनेपनि धेरै माटो खनेकाले अव त्यस खेतमा कुनै अन्न बाली नै लगाउन नमिल्ने स्थानीयले बताए। उनीहरुले यहाँ माटो खनेकाले वर्षामा सवैतिरको पानी आएर यहि हुन्छ। त्यसैले अव यहाँ अन्न वालि लगाउनै मुस्किल हुने स्थानी किसान बताउँछन्।
यता निर्माण कम्पनीका प्रमोद यादवले भने यस विषयमा मन्दिरका पुजारीसँगै कुरा गर्दा राम्रो भने। हामीले पटक पटक कुन कसरी, प्रकृयाबाट माटो उत्खनन गरिएको हो? भनि प्रश्न गर्दा उनले पटक पटक मन्दिरमा आएर पुजारीसँगै बुझ्नुस् भन्दै फोन काटे।
मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको १० करोड ३७ लाख ८ हजार ५१५ रुपैयाँ ७४ लगानीमा दुर्गापुर विश्वकर्माचौक, मोतियाही, कसहा हुँदै सर्रेआम्वाससम्मको सडक निर्माणको जिम्मा ग्लवा निर्माण सेवा प्रालि र देव कन्ट्रक्सनको संयुक्त रुपमा लिएको छ।
निर्माण कम्पनीले राज्यबाट रकम पाउँदा पाउँदै पनि सिरहामा स्थानीय जनप्रतिनिधी, प्रशासनसँगको मिलेमत्तोमा गैरकानुनी रुपमा निर्माण समाथीहरु उत्खनन् गर्दै आएका छन्।
नगरपालिकाले आजै नगरपालिकाको अनुमतिविना सार्वजनिक जग्गाको माटो उत्खनन गरेको प्रति सचेत गराउँदै तत्काल राजश्वशा खामा सम्पर्क गर्न निर्माण कम्पनीको नाममा पत्र काटेको छ। सम्पर्कमा नआए कानुन बमोजिम कार्वाही हुने पत्रमा उल्लेख भएको छ।






















