सिरहा, २१ बैशाख। सिरहामा सोमबार साँझ आएको हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना बेद्धाको मृत्य छ।

इँटाको रेलिङ खसेर चोटलागेर मिर्चैया नगरपालिका ११, सितापुरकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको हो।

प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनलाई गम्भीर चोट लागेको थियो।

घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो।

अचेत अवस्थामा उनलाई उपचारका अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी एवं प्रवक्ता रमेशबहादुर पालले जान्कारी दिए।

डीएसपी पालका अनुसार उपचारका लागि उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो।

घटनाबारे थप प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

shrijana school 2083