सिराहा, २१ बैशाख। सिरहा प्रहरीले धनगढीमाई नगरपालिका ५ तेतिस विगहाबाट ८ ग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।  विशेष सुराकीको आधारमा स्थानीय २० वर्षीय भरत कुमार मण्डल र सोही नगरपालिका १० का २१ वर्षीय जिवछ साफीलाई उक्त परिमाणको ब्राउन सुगरसहित आईतबार बेलुका नियन्त्रणमा लिएको हो।  

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहासमेतबाट खटिएको प्रहरीले उनीहरूलाई सनउन्त्रमा लिएको सिरहा प्रहरीले जनाएको छ।  प्रहरीले उनीहरुको साथबाट डिजिटल तराजु १ थान र उनीहरूले प्रयोग गरेको स। ९ प १०७ नम्बरको मोटरसाइकल बरामद गरेको छ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

mount 2082 1