जनकपुरधाम, १७ बैशाख। धनुषा प्रहरीलेकरिब १३७ किलोग्राम प्रतिवन्धित लागु औषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। मुखियापट्टी मुसहरनियाँ गाउँपालिका ६ बाट उक्त परिमाणको गाँजासहित स्थानीय २५ वर्षीय गणेश कुमार यादव र ४२ वर्षीय जितेन्द्र कुमार यादवलाई शुक्रवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषासमेतबाट खटिएको प्रहरीले बिआर ३२ डि ५८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।





















