काठमाडौं, १७ बैशाख। रोल्पामा भएको बोलेरो दुर्घटनामा २० जनाको मृत्यु भएको छ। बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो। रोल्पाको थवाङ गाउँपालिका १, जलजलामा बोलेरो भीरबाट खस्दा २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिए।

रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन उनीहरू जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो।

दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ। 

नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ। 

mount 2082 1