सिरहा, १५ बैशाख। सिरहाको गोलबजारमा ट्रकले किचेर एक एक वृद्धको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा पश्चिमबाट पूर्वतर्फ गईरहेको ना. १ क ९२२८ नम्वरको बालुवा बोकेको ट्रकले किचेर अपरिचित वृद्धको घटनास्थलमै मृत्यु भएको हो। 

आज मंगलबार गोलबजारमा सडकमै  अवेवस्थित लाग्ने हाटबजारका कारण दुर्घटना भएको एक प्रत्यक्ष दर्शिले बताए। मानिसको भिडभाड रहेको सडक पेटिमा हिडिरका उनलाई ट्रकमा सामान्य छोएका दिए। ट्रकले हुत्याएपछि ट्रककै भित्रपटी नै लडेको एक प्रत्यक्ष दर्शिले बताए। उनले भने, ‘उहाँ सडक पेटिमा हिडिरहनु भएको थियो, ट्रकले हुत्याएपछि भित्रैतिर लड्नु भयो, पछाडीको चक्काले किचिहाल्यो।’

मृतकको पहिचान खुल्न सकेको छैन। उनको शव पोष्टमार्टमको लागि लाने तयारी भईरहेको प्रहरीले जनाएको छ। 

मृतक उदयपुरबाट तरकारी किनबेच गर्न आएको भन्ने सम्म खुलेपनि विस्तृत विवरण आईनसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुदन केसीले जानरी दिए।

यहाँ प्रत्यक शनिवार र मंगलबार सडकमै लाग्ने अव्यस्थित हाट बजारका कारण पटक पटक दुर्घटना हुँदै आएपनि स्थानीय सरकार र सरोकारबाला निकायको ध्यान जान नसकेको स्थानीय रविन्द्र साहले बताए। उनले भने, ‘यहाँ स्थानीय सरकार, प्रहरी प्रशासन र ट्राफिकजस्ता आधिकारीक संस्थाकै लपर्वाहीको कारण यो घटना भएको हो। थोक तथा खुजरा तरकारी व्यवसायीले सडक कब्जा गर्दा समस्या हुँदै आएको छ।’

नगरपालिकाले बजार व्यवस्थापनको लागि लाखौं रकम खर्च गरेपनि बजार व्यवस्थित हुन सकेको छैन। व्यसायी, किसान र सरकोकारबालाविच बजार व्यवस्थापनबारे सहि छलफल हुन नसक्दा सधै गोलबजार दुर्घटनाको जोखिममा रहँदै आएको छ।

गोलबजारमा थोक तरकारी व्यसायीहरु सडकमै ट्रक तेर्साएर सामान बेच्दै आएका छन्। 

shrijana school 2083