सिराहा, १४ बैशाख। गोलबजार प्रहरीले अवैध लागु पदार्थ ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका ६ बाट ६ ग्राम ६३० मिलिग्राम र नगद ३८ हजार ३८५ रूपैयाँसहित स्थानीय २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचना तथा संकास्पद गतिविधिको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमै खानतलासी उर्दा उक्त परिमाणको लागु पदार्थ सहित पक्राउ गरेको इप्रका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए।
पक्राउ परेका उनको सम्वन्धमा थप अनुसन्धान भईरहेको इन्सपेक्टर केसीले बताए।






















