सिरहा, १४ बैशाख। सिरहाको चट्याङले लागेर श्रीमतीको मृत्यु मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।  मंगलबार राति करिब साढे १० बजे परेको चट्याङ लागेर मिर्चैया नगरपालिका ९ भगवतपुरका अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको हो। चट्याङ लागेर उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्।

रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन। घाइते भएका मिथिलेशको स्थानीय स्वास्थ्य संस्थामा  उपचार भइरहेको प्रहरीको भनाइ छ।

mount 2082 1