सर्लाही, १३ बैशाख। सर्लाहीको धनकौलमा चट्याङ लागेर एकजना घाइते भएका छन्। चट्याङ लागेर केही पशु चौपाया पनि मरेको छ।
धनकौल गाउँपालिका ४ महिनाथपुरमा शनिबार साँझ परेको चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएकोजिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनको तराई अस्पताल रौतहटमा उपचार भइरहेको छ।
घरगोठमा चट्याङ पर्दा यादवले पालेका १४ वटा चौपायसमेत मरेका छन्। चट्याङ लागेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन्।
चट्याङपछि आगलागी हुँदा गोठसमेत जलेर नष्ट भएको छ।























