जनकपुरधाम, १२ बैशाख। मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा राजकुमार सिंह नियुक्त भएका छन्। प्रदेश सरकारको निर्णयअनुसार सिंह आजै औपचारीक रुपमा उपाध्यक्षमा नियुक्त भएका हुन्।

पदभार ग्रहणपछि उपाध्यक्ष सिंहले मधेश प्रदेशको दीर्घकालीन विकास, नीति निर्माण तथा योजनाको प्रभावकारी कार्यान्वयनमा आयोगलाई अझ सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले समावेशी विकास, सुशासन, पारदर्शिता तथा तथ्यमा आधारित योजना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

अर्थ, राजनीति तथा सार्वजनिक नीति क्षेत्रमा अनुभव बटुलेका सिंहको नियुक्तिसँगै आयोगको कार्यक्षमता थप सुदृढ हुने विश्वास गरिएको छ। यसअघि उनी नीति तथा योजना आयोगका सदस्यका रूपमा कार्यरत थिए।

shreejana 2083