सिरहा, १० बैशाख। सिहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले बैशाख १४ गतेसम्म भर्ना अभियान र १५ गतेदेखि सवै विद्यालयहरुलाई कक्षा सञ्चालन गर्न अनुरो गरेको छ। संघिय सरकारले १५ गतेसम्म भर्ना अभियान र २१ गतेबाटमात्र कक्षा सञ्चालन गर्न भनेपनि पालिकाले आफ्नो अधिकार प्रयोग गर्दै १५ गतेबाटै कक्षा सञ्चालन गर्न सवै विद्यालयहरुलाई अनुरोध गरेको हो। 

shreejana 2083

पालिका अध्यक्ष चतुरानन्द ठाकुरद्वारा जारी अुरोधपत्रमा  १४ गतेसम्म भर्ना अभियोन र १५ गतेबाट कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ। अनुरोध पत्रमा ‘बैशाख १४ गतेसम्म भर्ना अभियोन र १५ गतेबाट साविकको समय बमोजिम आईतरबार देखि सुक्रबारसम्म नियमित पठन–पाठन गर्न अनुरोध सवैलाई अनुरोध छ;’ भन्ने उल्लेख गरिएको छ।  

अनुरोध पत्रमा ‘नेपालको संविधानले प्रदान गरेको गाउँपालिका तथा नगरपालिकाको एकल अधिकारको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ज) अनुसार आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्वन्धी अधिकार स्थानीय तहको भएबमोजिम यस लक्ष्मीपुर पतारी गाउँपलिकाका सम्पूर्ण सामुदायिक, परम्परागत÷मदरसा तथा संस्थागत विद्यालयहरुलाई भर्ना तथा कक्षा सञ्चाल गर्न अनुरोध छ।’ 

मन्त्री परिषदको निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठीमि भक्तपुरले गत चैत २६ गतेको पत्रअनुसार १५ गतेसम्म भर्ना र २१ ग्तेबाट कक्षा सञ्चालन गर्न र शनिवार र आईतबार विदादिने सूचना राजपत्रमा प्रकाशित गरेको छ। तर, आफ्नो अधिकार प्रयोग गर्दै लक्ष्मपुर पतारीले गाउँपालिकाले पुरानै क्यालेण्डर अनुसार विद्यालय सञ्चालन सवै विद्यालयहरुलाई अनुरोध गरेको छ। 

laxmipur patari