सिरहा, १० बैशाख। सिरहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रि ५ वर्षीया बालिकाको मृत्यु भएको छ। चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अपरान्ह सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल स्वास्थ्यसंस्था पुर्याएपनि उपचारको क्रममा चिकित्सकले मृत्य घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा लिएको छ। घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाए।






















