फाईल फोटो।
सिराहा, ९ बैशाख। सिरहा प्रहरीले गोलबजार नगरपालिका २ टुडकीया टोलबाट २० किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
विशेष सुचनाको आधारमा पुगेका इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलिले २० किलो ४ सय ग्राम गाँजासहित स्थानीय ४५ वर्षीया गीता कुमारी साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
घरमै प्लाष्टिकको झोलामा लगाएर पोका बनाईरहेको अवस्थाम उनलाई घरबाटै गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुदन केसीले जानकारी दिए।
अहिलेसम्मको अनुसन्धानमा उनले अन्यत्रबाट गाँजा किनेर ल्याउने र भारतको बजारसम्म पुर्याएर विक्रिवितरण गर्ने गरेको भन्ने खेलेपनि यस सम्वन्धमा थप अनुसन्धान भईहेको प्रहरीले बताए।





















