फाईल फोटो।
उदयपुर, ८ बैशाख। उदयपुरको बेल्टारमा भिषण आगलागीहुँदा एक जेष्ठ नागरिकसहित २ जनाको मत्यु भएको छ। एक जना घाइते भएका छन्। चौदण्डिगढी नगरपालिका ७ बेल्टारमा मङ्गलबार राति २ः४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो। आगोमा जलेर घाइते भएकी अस्मिता खड्काको उपचार नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।
बेल्टार स्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्को तार सर्ट भएर एक्कासी आगोले लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर समेत पूर्ण रूपमा जलेर नष्ट बनाएको प्रहरीले जानकारी दिए।
घरमा सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए।
आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान नियन्त्रणमा लिइएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।






















