सिरहा, ७ बैशाख। गोलबजार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा गोलबजारको आयोजनामा सम्पन्न पाँचौ गोलबजार उप–मेयर प्रदेश स्तरीय कराते प्रतियोगिता २०८३ को उपाधी आयोजक टिकमले प्राप्त गरेको छ। यहि बैशाख ४ गतेबाट संचालितमा प्रदेशका आठ र आयोजाक दुईगरी १० टिममध्ये आयोजक प्रथम भएको हो।

मधेस प्रदेश सभा सदस्य मनोज कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको पुरस्कार बितरण समारोहमा गोलबजार नगरप्रमुख श्याम कुमार श्रेष्ठ, मधेस खेलकुद परिषद्का सदस्यहरु प्रभुनारायण शिवाकोटी, निशेष श्रेष्ठ, गोलबजार ३ का वडा अध्यक्ष धनप्रसाद मौक्तान, जिल्ला खेलकुद बिकास समिति सिरहाका अध्यक्ष श्रवण शाही ठकुरी लगाएत बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नगर उप–प्रमुख मान्ती साहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा एघार स्वर्ण पदक प्राप्त गर्दै आयोजक टिम प्रथम, पाँच स्वर्ण पदकसहित सिरहा टिम दोस्रो र चार स्वर्ण पदक जितेर महोत्तरी टिम तेस्रो भयो।

प्रतियोगिताको उदयमान पुरुष खेलाडीको उपाधि आयोजकका खेलाडी राज मुखियाले प्राप्त गरे। उनी पुरस्कार स्वरुप माउन्टेन बाइक प्राप्त गर्न सफल भए।
उदयमान महिला खेलाडी पुरस्कार आयोजककी रिया श्रेष्ठले जित्यो। उनले पुरस्कार स्वरुप ट्रफी र सिनियर कराते खेल पोशाक गी प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृष्ट पुरुष खेलाडी सप्तरीका रोहन मेहतर र उत्कृष्ट महिला खेलाडी आयोजककी स्मारिका मगर छानिए। प्रतियोगिताकै सर्वोउत्कृष्ट निर्णायकको उपाधी रौतहटका अमित भुलोनले प्राप्त गर्यो भने, उत्कृष्ट प्रशिक्षकको पुरस्कार आयोजकका प्रशिक्षक नर बहादुर थापाले जित्यो।

करातेका सिनियर र जुनियर बिधा तथा तौल समुहमा भएको प्रतिस्पर्धामा महिला एकल काता बिधामा आयोजकी रितु अधिकारी दनुवारले स्वर्ण, पुरुष एकल काता बिधामा आयोजकका आकृष दनुवारले स्वर्ण पदक, पुरुष समूह काता बिधामा सिरहाका प्रिन्स चौधरी, समीर शेख नितिन इसरानले स्वर्ण पदक, महिला समूह काता बिधामा सिरहाकी कृति साह, रोमा राई, प्रेक्क्षा चौधरीले स्वर्ण पदक जित्न सफल भयो।
त्यसैगरि, रौतहटकी देवी लोहार २० केजीमा, रेशमी चौधरी २५ केजीमा स्वर्ण पदक जित्यो। आयोजककी सपना पासवानले ३० केजीमा स्वर्ण पदक, महोत्तरीकी फुलकुमारी राना मगर ३५ केजीमा स्वर्ण पदक, सिरहाकी रिद्धिरानी चौधरी ४० केजीमा स्वर्ण पदक, आयोजककी पोर्सिया चौधरी ४५ केजीमा स्वर्ण पदक, महोत्तरीकि मनिता मौक्तान ५० केजी स्वर्ण पदक, रौतहटको आशिका श्रेष्ठ ५५ केजीमा स्वर्ण पदक तथा आयोजककी रिया श्रेष्ठ, स्मारिका मगर र परिना शाही ठकुरीले क्रमशः ६१ केजी, ६८ केजी मुनि र ६८ केजी माथि समुहमा प्रथम स्थान हासिल गर्न सफल भयो।
त्यगरि, पुरुष तर्फको तौल समुहमा महोत्तरीका अनुरोध बुढाथोकी २० केजीमा आयोजकका युवराज सार्की, बिबेक यादव र राज मुखिया २५ केजी, ३० केजी र ३५ केजीमा सवर्ण पदक जिते। सप्तरीको पार्थ साह र रोहन मेहत्तरले ४० केजी र ४५ केजीमा प्रथम भए। सर्लाहीका सोहन मगर ५० केजीमा, बाराका जितेन्द्र कुमार पासवान ५५ केजीमा, सिरहाका रितिक थिङले ६० केजीमा, महोत्तरीका जोयल खपाङी ६७ केजी र समयोल मग्राती ७५ केजीमा प्रथम स्थान हासिल गर्यो। आयोजकका महोन साह ८४ केजी मुनि र सिरहाका बरदान कायस्थ ८४ केजी माथीको समुहमा संवरण पदक जित्य।
प्रतियोगिता २०८३ भव्य रुपमा सम्पन्न भयो । मधेस प्रदेशका आठ जिल्ला टिम र दुई आयोजक टिम सहित दस टिम सहभागी प्रतियोगितामा ३३० जना भन्दा बढि खेलाडी सहभागी थिए।
प्रतियोगिताको सबै खेल जनता नमुना मावि चन्द्रलालपुर गोलबजार ८ को खेलमैदान भएको थियो।





















