• विजयकुमार साह 

ढल्केबर, ६ बैशाख। धनुषाको सीमावर्ती क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका ३, राजाबास गाउँबाट करिब ११ फिट लामो र करिब ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ।

बाख्रा खोरनजिक राखिएको दाउराको थुप्रोमुनि सर्प लुकेर बसेको अवस्थामा सर्पको उद्धार टोली उद्धार गरिएको मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए। उनका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डलसहित सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई नियन्त्रणमा लिएको थियो।

उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर सुरक्षित रूपमा छोडिएको मिथिला अध्यक्ष मण्डलले जानकारी दिए। उनका अनुसार चुरे क्षेत्र राजगोमन सर्पको प्राकृतिक बासस्थान भएकाले सोही क्षेत्रमा पुनःस्थापना गरिएको हो।

उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको प्राकृतिक बानी व्यवहार, वातावरणीय महत्व तथा भविष्यमा यस्ता सर्प देखिएमा सुरक्षित रूपमा घरबाहिर कसरी हटाउने भन्नेबारे पनि जानकारी दिएको उनले बताए। राजगोमन सर्प विश्वकै सबैभन्दा विषालु सर्प रहेको र यसको संरक्षण जैविक विविधताका लागि महत्वपूर्ण भएको उनको भनाइ छ। 

mount 2082 1