सिरहा, ६ बैशाख। हावाहुरीले भत्काएको पर्खालले किचेर सिरहामा एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ आएको हावाहुरीका कारण पर्खाल भत्केर टोउकोमा गम्भिर चोट लागेका सखुवानन्कारकट्टी गाउँपालिका २ मकरामपुर का ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो। 

स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती घरमै बसिरहेको अवस्थामा तीव्र गतिमा आएको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशि अस्पताल लहान पठएको छ।

mount 2082 1