सिरहा, ५ बैशाख। गोलबजार नगरपालिकाको आयोजनामा पाँचौ उप–मेयर प्रदेशस्तरीय कराँते प्रतियोगिताको आज उदघाटन भएको छ। गोलबजार ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको खेलमैदानमा सुरुभएको हो।

उद्घाटनका क्रममा खेल तथा प्रतिभावान खेलाडीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहेको गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठले बताए। उनले आफू सधै खेल कुद विकासमा योगदान गर्दै आएको व्यक्ति भएको बताउँदै पालिकाले प्रत्यक वर्ष निती तथा कार्यक्रममा नै खेलकुदको लागि बजेट विनियोजन गर्दै आएको बताए।
कार्यक्रमका विशिष्ट अतिथी कराँते महासंघको केन्द्रीय अध्यक्ष युवराज लामाले पछिल्ला दिनहरुमा नेपाली कराँतेले विश्व खेलजतमा राम्रो चर्चा पाईरहेको बताए। उनले नेपाली खेलाडी, यहाँको कोच, एम्पाएरहरु सवैको विश्व कराँते जगतमा अहिले सकारात्मक चर्चा रहेको बताउँदै अवका दिनमा यसलाई अझ सवल र व्यवसायीक बनाउनु पर्ने बताए।
अध्यक्ष लामाले सरकारले अव नेपाली खेलको विषयमा कुनै अध्यन अनुसन्धान गर्नुपर्ने आवश्यक्ता नरको जिकिर गरे। उनले भने, ‘अव नेपाली खेलकुदको विषयमा सरकारले कुनै अध्ययन, अनुसन्धान गर्नु पर्ने आश्यक्ता छैन। यहँका खेल र खेलाडीहरु सक्षम छन्। अव राज्यले यसका उचित लगानी र व्यवस्थापन गर्न जरुरी छ।’
सोही क्रममा उनले सिरहाको कराँतेले अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिरहेको बताए। ‘सिरहाको कराँते खेल अहिले राम्रो गति लिएको छ। यसलाई थप प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले लगानी गर्नु पर्ने आवश्यकता छ;’ अध्यक्ष लामाले भने।
उनले देशको ७७ वटै जिल्लामा खेलिने यो मात्र एउटा खेल भएको बताए। उनले ७७ जिल्लामा २३ सय डोजो र ७८ हजार खेलाडी नियमित प्रशिक्षणमा रहेका छन्।
गोलबजार पाँचौं उप–मेयर कराँते प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्ला र आयोजक २ टिमसहिती १० टिमका ३३० भन्दा बढी खेलाडी प्रतिस्पर्धामा सहभागी छन्।
नगर उपप्रमुख मानती देवी साहको अध्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको संञ्चालन कराते महासंघ प्रदेश सचिव तथा कराँते प्रशिक्षक कसमलामाले गरेका थिए। उद्घाटन कार्यक्रममा विभन्नद दलका प्रतिनिधी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।























