गोलबजार, ४ बैशाख। सिरहाको लहान नगरपालिकाका स्वास्थ्यकर्मी तथा पोषणसम्बन्धी फोकल पर्सनहरूकालागि ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन (परिमार्जित २०८१) सम्बन्धी तिन दिवसीय तालिम सञ्चालन गरिएको छ। दलित विकास मञ्चको आयोजना, हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा गोलबजार नगरपालिकाको समन्वयमा गोलबजारमा तालिमको आयोजना गरिएको हो।

कुपोषण भएका बालबालिका तथा आमाहरुको समयमै पहिचान गरी प्रभावकारी व्यवस्थापनका लागि स्क्रिनिङ कार्यकालागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ। तलिमले कुपोषणबाट प्रभावितहरुको सहि पहिचान गर्न सहज हुने आयोजकले बताए।

नगरपालिका प्रमुख श्याम कुमार श्रेष्ठले तालिमले तपाईहरुकै दक्षतामा वृद्धिहुने भएकाले उत्सुकताकासाथ सहभागीहुन आग्रह गरे। उनले भने, ‘यस्ता खालका तालिमहरुले व्यक्तिको आफ्नै विकास हुने हो। यसले तपाईंहरुको काममा पनि सहजता आउँछ। त्यसैले पनि तपाईहरु सक्रियताका साथ सहभागी हुनुहोस्।’
तालिम पश्चात तपाईहरुले गर्ने काममा निखारता आउने विश्वास व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले अझैपनि हाम्रा नानी र आमाहरु कुपोशषणको शिकार हुने गरेको प्रति चिन्ता व्यक्त गरे। उनले समयमै कुपोषण पिडितको पहिचानगरी त्यसको निराकरण गर्न सवैको साथ र सहयोगको आवश्यकता रहेको बताए।
उद्घाटन कार्यक्रममा दलित विकास मञ्चका कार्यकारी निर्देशक संजय महराले सम्पूर्ण सहभागीलाई सक्रियता पूर्वक तालिममा भाग लिन आग्रह गरे। उनले यो तालिमले तपाईहरुले भोली गर्ने काममा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आजबाट सुरुभएर तीनदिनसम्म चल्ने तालिममा गोलबजार नगरपालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको आयोजकले जनाए।
तालिमको सहजिकरण नगर स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्ण, संस्थाका कर्मचारीलगायतले गर्ने आयोजकले जनाए। उद्घाटन कार्यक्रमको सञ्चालन गोलबजार स्वास्थ्य शाखाका पवन कुमार पञ्जियारले गरेका थिए।






















