सिरहा, ४ बैशाख। सिरहाको गोलबजार ८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो परिमाणमा गरेको शिक्षक तथा कर्मचारीको आवश्यकतासम्वन्धि विज्ञापन स्थगित भएको छ। रित नपुर्याई निकालेको भन्दै पालिकाको शिक्षा शाखाले विज्ञापन स्थगित गरी स्पस्टिकरण माँग गरेको छ।
शिक्षक भर्नासम्वन्धि कार्यकोलागि नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईसँग अनुमति÷सहमति लिनुपर्ने प्रावधान छ। तर यो विद्यालयले सो प्रकृया पुरा नगरेकोले विज्ञापन स्थगितगरी स्पष्टिकरण माँग गरेको हो।
विद्यालयका प्रधानाध्यापकले भने विद्यालयको कार्यविधिको आधारमा शिक्षक भर्ना सम्वन्धि विज्ञापन गरेको जिकिर गरेको छ। उनले निजी स्रोतबाट शिक्षक भर्ना गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयले गर्न सक्ने प्रावधान भएकाले आफूले सोही अनुसार गरेको बताए। उनले भने, ‘नगर शिक्षा समितिले आजै विद्यालयलाई कसको अनुमतिले शिक्षक भर्नाको लागि विज्ञापन गरेको भनेर स्पस्टिकरण सोधेको पत्र प्राप्त भएको छ। हामीले हाम्रो कार्यविधिलाई टेकेर विज्ञापन निकालेका हौं। अव आज ३ बजे हामीलाई पत्र प्राप्त भयो। भोलि र पर्सि विदा भईहाल्यो। सोमबार नगरपालिकाकासँग छलफल गरेर कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय लिन्छौं।’
आफ्नो आफन्तलाई जागिर खुवाउन विद्यालयको कार्यविधी देखाएर छल्न खोजेको भन्दै व्यापक विरोध भएको छ। आफ्नो–आफन्त भर्ना गर्नकै लागि छलेर त्यसरी विज्ञापन निकालिएको हो? भन्ने प्रश्नमा उनले ‘आफू कतै कुनै पनि प्रकारले प्रभावमा परेका छैनौं। हामीले नियम अनुसा नै गरेको हो।’
स्थानीय सत्ता र शक्तिको आडमा विद्यालय प्रशासनले नियम मिचेर विज्ञापन निकालेको जानकारहरुको भनाई रहेको छ।
यस अघि पनि यस विद्यालयले व्यक्तिगत प्रभावमा परेर कुनै प्रकृया नै पुरा नगरेर ठूलो परीमाणमा शिक्षक कर्मचारीलाई काममा लगाएको छ। त्यसमध्ये कतिपय शिक्षकको शक्षक अध्ययन अनुमतिपत्र छैन। उनीहरुलाई नै ‘सेटल’ गर्न यो विज्ञापन गरेको स्थानीयको आरोप छ।
उनले विद्यालयको निजी स्रोतबाट शिक्षक राख्ने भएकोले त्यहाँ शिक्षक अध्ययन अनुमति पत्रको आवश्यकता पर्दैन भन्ने हाम्रो कार्यविधिमा उल्लेख भएको पनि जिकिर गरे।
शिक्षा नियमाबलिले शिक्षणपेशाका लागि अध्ययन अनुमति पत्र अनिवार्य गरेको भएपनि प्रधानअध्यापक सिंहले पुनः दोहर्याए, ‘हाम्रो कार्यविधिमा निजी स्रोतबाट राखिने करार, दैनिक ज्यालादारीका शिक्षकलाई लाईसेन्स अनिवार्य गरेको छैन।’
शिक्षक भर्ना गर्न विद्यालयले नगरशिक्षा शाखासँग कुनै समन्वय नगरेको पालिकाका शिक्षा शाखा प्रमुखसमेत रहेका प्रशासकीय प्रमुख अधिकृत अनन्त पौडेलले जानकारी दिए। त्यहि भएर पालिले विज्ञापन स्थति गरेर स्पस्टिकरण माँगेको बताए।
विद्यालयले गत चैत ३० गते एक साताको लागि १५ शिक्षक, कार्यालय सहयोगी र बस चालकसहित १७ जना शिक्षक कर्मचारीको लागि विज्ञापन गरेका थिए।






















