काठमाडौं, १ बैशाख। सरकारले कृषि पेसालाई सम्मानित र सुरक्षित बनाउने घोषणा गरेको छ। मंगलबार १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि नै प्रमुख पेसा र कर्म हो भन्ने मनोविज्ञानको विकास गरी यसलाई सम्मानजनक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बिमा र सहुलियत ऋण उपलब्ध गराउने जनाइएको हो।
त्यस्तै, भू–उपयोग योजनाको पुनराअवलोकन गरी बाँझो कृषि जग्गाको उपयोगसहित चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ। नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत कानूनी र भन्सारसुधार लगायतका कार्य गर्ने जनाइएको छ।
यसले आयात प्रतिस्थापनलाई टेवा पुग्ने सरकारको आकलन छ। हरेक स्थानीय तहमा सामुदायिक बिउ बैंक स्थापना गरी स्वदेशीररैथाने बिउ संरक्षण र प्रवर्द्धन गर्ने जनाइएको छ।






















