गोलबजार, १ बैशाख। सिरहाको गोलबजार नगरपालिका ४ का डा. रुपेश सिंहले चिकित्सा क्षेत्रमा गरेको उल्लेखनीय सफलता आम विद्यार्थीका लागि प्ररणा र जिल्ला बासिकालागि गौरवको विषय बनेको छ। उनको मेहनत, लगनशीलता र सेवाभावका कारण उनले निरन्तर पाएको सफलता प्रेरणा र गौरवको विषय बनेको हो।
विद्यालय शिक्षा गोलबजार ६ स्थित सृजना सेकेन्ड्री स्कूलबाट पुरा गरेका उनले २०६६ सालमा एसइई उत्तिर्ण गरेका उनले काठमाडौंको लिभरपुल कलेजबाट २०६८ सालमा विज्ञान विजयमा १२ कक्षासम्मको अध्ययन पूरा गरे। त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।
डा. रुपेश सिंह पूर्ण छत्रवृतिमा चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरे। अध्यन पुरागरेपछि उनले भरतपुर क्यान्सर अस्पतालमा दुई वर्षसम्म सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरे। बिरामीप्रतिको समर्पण र जिम्मेवारीका साथ काम गर्दै उनले आफूलाई एक प्रतिबद्ध व्यसायीक चिकित्सकका रूपमा आफूलाई स्थापित गरेका छन्।
अहिले उनले देशकै प्रतिष्टित स्वास्थ्य शिक्षणसंस्था धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। यो उपलब्धि निरन्तर प्रयास, अनुशासन र चिकित्सा क्षेत्रप्रतिको गहिरो समर्पणको भएको उनले बताए।
उनले भने, ‘कुनै पनि विषमा निरन्तर प्रयास, पेशाप्रतिको लगाव, इमान्दारीले नै मानिसलाई सफल बनाउने हो। मैले पनि आफ्नो विषयमा त्यतिकै समर्पणभावकासाथ लागेकै ले यो सफलता मिलेको जस्तो लाग्छ।’
डा. रुपेशले आगामी दिनमा पनि देशमै रही गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनको सफलताले स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूमा खुशी र गर्वको अनुभूति गराएको स्थानीय सञ्चारकर्मी तथा सकपाठी सुरेश रायले बताए। उनले भने, ‘रुपेशको आफ्नो पेशा प्रतिको लगाव, निरन्तर मेहनत नै उनको सफलताको कडी हो जस्तो लाग्छ। उनको यो सफलताले म त खुशि हुने नै भने गोलबजारवासीको शिर उचो बनाएको छ।’
रुपेश सिंहजस्ता परिश्रमी र लक्ष्यप्रति प्रतिबद्ध युवाहरूको सफलता आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने स्थानीयले विश्वास गरेका छन्। उनी गोलबजार डेरी व्यसायी सुधिर महतोका छोरा हुन्।






















