सिरहा, २९ चैत। नवौं गोलबजार मेयर गोल्ड कप २०८२ उपाधी ब्रदरहुड फुटबल क्लव उदयपुरले उचालेको छ। सल्हेश युवा क्लव सिरहासँग भएको फाईनल खेलमा १ को विरुद्ध २ गोल गर्दै ब्रदरहुड फुटबल क्लव उदयपुरले उपाधी हात पारेको हो।  

विजयी भएसँगै उदयपुरले प्रथम पुरस्कार ४ लाख ४४ हजार ४४४ रुपैयाँ र कप प्राप्त गरेको छ। खेलको उपविजेता सहलेश युवा क्लव सिरहाले २ लाख २२ हजार २२२ रुपैयाँ नगद र  कप प्राप्त गरेको छ। 

siraha5

खेलको सुरुवातमै सिरहाकाले पहिलो १ गोल गरेका थिए। पहिलो हाफमै उदयपुरका तर्फबाट पनि दवै गोल ८ नम्वर जर्सिका खेलाडी पुजन चौधरीले गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भए। 

फाईनल खेलका म्यान अफ द म्याच उदयपुर ८ नम्वर जर्सिका खेलाडी पुजन चौधरी घोषित भएका थिए भने, खेलका सर्वोत्कृष्ट गोलरक्षक उदपुरकै शौरव बराल घोषित भए। त्यसैगरी, सर्वोत्कृष्ट डिफेन्टर सिरहाका जर्सि नम्वर ५ का खेलाडी कुलदिप खड्ेका, सर्वाधिक गोलकर्ता चात्या सा फुटबल क्लव, झापाका जर्सिनम्वर ८ का खेलाडी शिशिर लेखी, उत्कृष्ठ कोच उदयपुरका देबिन मगर, सर्वोत्कृष्ट खेलाडी जर्सि नम्वर ७ का सुदिप श्रेष्ठ, सर्वोत्कृष्ट मिड फिल्डर सिरहाका ११ नम्वर जर्सिका खेलाडी सुजल डङ्गोल घोषित भए। उनीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए। 

फाईनल खेलका मुख्य अतिथी प्रदेशसभा सदस्य मनोज कुमार सिंहले खेलाडीहरुलाई जितको शुभकामना दिदैं भविष्यमा सिरहाको खेलजगतको विकासमा आफ्नो तर्फबाट सवैखालको पहलकदमी लिने बताए। उनले खेलको माध्यमबाट आज युवाहरु कुलतबाट जोगिनुको साथै स्वस्थ रहेको बताए। 

उनले आगामी दिनमा गोलबजारसहित जिल्लाका फूटवल खेललाई अझ व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘यहाँ खेलाडीहरुको राम्रो उपस्थिति रहेपनि उचित कोचको व्यवस्था गर्नु पर्ने देखेको छु। त्यसमा मैले सकेको सहयोग गर्ने छु।’

त्यसैगरी गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले नगरपालिकाले निरन्तर रुपमा फूटवल लगायतका खेलको विकासमा योगदान गर्दै आयको बताउँदै आउँदा दिनमा सवै खेलहरुको विकासमा नगरपालिकाले योगदान गर्ने बताए। 

यहि चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कोशि, मेधश र बागमती प्रदेशका ८ वटा फूटवल क्लवहरुले भाग लिएका थिए। प्रतियोगितामा सिरहाको गोलबजारबाट गोलबजार युनाईटेड क्लव र गोलबजार स्पोर्टस् क्लव, सल्हेश युवा क्लव सिरहाले भाग लिएको थिए।

कोशिबाट राष्ट्रिय जागृति क्लव इटहरी, लालिगुराँस स्पोर्टस् क्लव विराटनगर, र चात्या सा फुटबल क्लव दमक झापा तथा  बागबतीबाट भने हेटौडा फूटबल एकेडेमीले प्रतियोगितामा सहभागी भएका छन्। 

प्रतियोगिताको लागि नगरपालिकाले कुल २५ लाख बजेट विनियोजन गरिएको थियो।

19a663e8-e7c4-4b29-8d47-7c46a9d9b698 1ae25140b-376b-4bbf-8e97-45597a749b15bc7c5fd2-1f81-4597-83d6-6e9ab90fe3d35c4c0f20-8681-43d2-b8ec-db1f7e4cb09b